काठमाडौं ।कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१९, जे गाउँकी ४७ वर्षीया लालमोती चौधरी रहेकी छन्।प्रहरीका अनुसार मंगलबार साँझ आफ्नै घरमा रहेको नल्काबाट पानी तान्ने मोटर चलाउने क्रममा चौधरीलाई करेन्ट लागेको थियो।करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल लगिएको थियो। अस्पतालमा परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।