काठमाडौं ।भारतको राजधानी नयाँदिल्लीमा आयोजित बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको भारतीय गृहमन्त्री शाहले बताएका छन्।शाहका अनुसार क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षबीच कुराकानी भएको छ।
बिमस्टेक बैठकलाई क्षेत्रीय सहकार्य अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। यस क्रममा सदस्य राष्ट्रहरूबीच सुरक्षा, स्थायित्व र साझा हितका विषयमा सहकार्य बढाउने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।