काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खुलातर्फको केन्द्रीय सदस्यको मतगणना अघि बढाइएको हो। अन्य क्लस्टरअन्तर्गतका केन्द्रीय सदस्य पदको मतगणना पनि जारी रहेको समितिले जनाएको छ। त्यस्तै, पार्टीका पदाधिकारी पदको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जानकारी दिएको छ। मतगणना अघि बढेसँगै खुला केन्द्रीय सदस्यतर्फका उम्मेदवारहरूको नतिजालाई चासोका साथ हेरिएको छ।