काठमाडौं ।काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माएकी एक महिलाको मृत्यु भएको छ।
धादिङको गजुरी गाउँपालिका–८ की करिब ३२ वर्षीया रबिना तामाङको सोमबार राति मृत्यु भएको हो। उनी असोज १८ गते उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्।अस्पतालमा सोमबार दिउँसो शल्यक्रिया गरी बच्चा जन्माइएको थियो। तर, त्यसको केही घण्टापछि उनको स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको बताइएको छ।घटनापछि मृतकका परिवार तथा आफन्तले अस्पताल प्रशासन र चिकित्सकीय सेवाप्रति प्रश्न उठाएका छन्। उनीहरूले उपचारमा लापरबाही भएको आरोप लगाउँदै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।