काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।