काठमाडौं ।प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘ककाकिकी’को रिलिज मिति परिवर्तन भएको छ।
पछिल्लो समय आएको बाढीपहिरो र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन पछाडि सारेको हो।माया इन्टरटेनमेन्ट स्टुडियोले सार्वजनिक गरेको जानकारीअनुसार भदौ १९ गतेदेखि हलमा आउने भनिएको चलचित्र अब मंसिर ११ गतेबाट प्रदर्शनमा आउनेछ।बिक्की अग्रवालको निर्देशनमा तयार भएको चलचित्रमा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।चलचित्रको छायांकन सुदिप बरालले गरेका हुन्। यसको पटकथा निर्देशक अग्रवालसहित सरोज भण्डारी र विकास अर्यालले तयार पारेका छन्।श्रद्धा प्रसाईँ र सुमित्रा थापा चलचित्रका निर्माता हुन् भने सेभेन सिज इन्टरनेशनल फिल्मसले फिल्मलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्ने जिम्मेवारी लिएको छ।