काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघले शुक्रबार चाँदीको मूल्य प्रतितोला १ सय ३० रुपैयाँले बढाएर ४ हजार ९ सय ८५ रुपैयाँ निर्धारण गरेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।