काठमाडौँ। अब साउन ९ गतेसम्म शैक्षिक संस्था नवीकरण गर्न सकिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूका लागि नवीकरण साउन ९ गतेसम्म हुने भएको छ ।
आज एक सुचना जारी गर्दै यश अघि साउन ४ भित्र नवीकरण गर्न सुचना निकालेको थियो । मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ बमोजिम स्वीकृति प्राप्त गरी मन्त्रालयको कम्प्युटर एप्लिकेसनमा आबद्ध भएका संस्थाहरूलाई आर्थिक वर्ष २०८३/८४ को नवीकरणका लागि साउन ९ गतेसम्म आह्वान गरेको हो।
