काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ इक्यानले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” प्रति असहमति जनाउँदै हातमा कालोपट्टी बाँधेर मौन विरोध गरेको छ ।
सरकारले सरोकारवालासँग पर्याप्त परामर्श र अर्थपूर्ण संवादबिना ल्याइएको नियमावलीले नेपालको शैक्षिक परामर्श क्षेत्रले दशकौँदेखि राष्ट्र निर्माणमा पुर्याएको योगदानको उचित मूल्याङ्कन गर्न नसकेको भन्दै हातमा कालोपट्टी बाँधेर मौन विरोध गरेको हो ।
इक्यानले “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” तत्काल संशोधन गर्न माग गरेको छ ।