काठमाडौँ। प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्रीले सदनमा आएर सार्वजनिक रूपमा माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएका हुन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय संवेदनशीलता जोडिएको विषय उठाएको भन्दै सरकारबाट स्पष्ट जवाफ आवश्यक रहेको बताए। उनले प्रधानमन्त्रीले नेपालले पनि भारततर्फको भूमि मिचेको भन्ने आशय व्यक्त गरेको भन्दै त्यसप्रति कांग्रेसको गम्भीर असहमति रहेको उल्लेख गरे। उनले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत गरे। त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले नेपालले भारतको भूमि मिचेको भन्ने दाबी प्रमाणसहित पुष्टि गर्नुपर्ने, अन्यथा माफी माग्नुपर्ने धारणा राखे। उनले सरकार संवेदनशील विषयमा जिम्मेवार बन्नुपर्ने भन्दै आवेगमा अभिव्यक्ति दिएको भए जनतासमक्ष क्षमा माग्नुपर्ने बताए