काठमाडौँ । भारत भ्रमणमा रहेका रवि लामिछाने लाई नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा भव्य स्वागत गरिएको छ । उनलाई परिसरमा बाजागाजासहित पुष्पवृष्टि गरेर स्वागत गरिएको हो ।
भाजपाका अध्यक्ष नितिन नवीनलगायत पदाधिकारीले लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । त्यस क्रममा दुई पक्षबीच राजनीतिक संवाद र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । भ्रमणका क्रममा पार्टी–टु–पार्टी सहकार्य, लोकतान्त्रिक अभ्यास र संगठनात्मक अनुभव आदानप्रदानबारे पनि छलफल भएको जनाइएको छ । यसअघि भाजपा मुख्यालयले विभिन्न देशका प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो ।