काठमाडौँ । नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवा ले एकै दिन दुई प्रमुख पर्यटकीय गन्तव्यमा आफ्नो सेवा विस्तार गरेको छ ।
कम्पनीले जनकपुरस्थित होटल रोयल प्यालेस र भैरहवास्थित गौतम बुद्ध इन्टरनेशनल होटलसँग औपचारिक सम्झौता गर्दै आफ्नो आतिथ्य सञ्जाल विस्तार गरेको हो । पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीका अनुसार यो विस्तार केवल शाखा वृद्धि मात्र नभई नेपाली आतिथ्य सेवालाई व्यावसायिक रूपमा अझ सुदृढ बनाउने दीर्घकालीन रणनीतिक पहल हो । होटल पौवाले हाल देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै स्थानीय संस्कृति, नेपाली खाना र आतिथ्यतालाई प्रवर्द्धन गर्दै आएको छ । कम्पनीले आगामी दिनमा थप होटल व्यवस्थापन र सञ्चालनमार्फत आफ्नो सेवा सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको छ ।