काठमाडौं । नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । संसदीय दलको बैठकले सरकारको कामकारबाहीको निगरानी गर्न छाया सरकार गठन गरेको हो ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा गठन भएको छाया सरकारमा विभिन्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।
प्रमुख : भीष्मराज आङ्देम्बे
गृह : प्रकाश सिंह कार्की
अर्थ : नरेन्द्रकुमार केरुङ
परराष्ट्र : सुनिलबहादुर थापा
पूर्वाधार, विकास : मोहन आचार्य
शिक्षा तथा खेलकुद : डा. फिर्दोस आलम
स्वास्थ्य तथा खाद्य स्वच्छता : डा. चन्द्रमोहन यादव
उद्योग, वाणिज्य तथा आपूर्ति : विष्णुबहादुर खड्का
कृषि, वन तथा पर्यावरण : डा. प्रमिलाकुमारी गच्छदार
कानुन, न्याय तथा संसदीय : खम्बबहादुर खाती
रक्षा : खड्ग शाही
सूचना तथा सञ्चार : मनमाया विश्वकर्मा
युवा, श्रम तथा रोजगार : गीता गुरुङ
विज्ञान, प्रविधि तथा नवप्रवर्तन : सन्दिप राना
ऊर्जा, जलस्रोत तथा सिँचाइ : सन्तोष सुब्बा
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा : डा. गंगालक्ष्मी अवाल
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन : जनकराज गिरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन : योगेश गौचन