काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग नयाँ दिल्लीमा भेटवार्ता गर्ने भएको छ ।
भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेसहितको टोलीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटका क्रममा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, दलगत अनुभव आदानप्रदान तथा आपसी राजनीतिक सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका थिए ।