काठमाडौं । भ्रष्टाचार मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालत काठमाडौंले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको आदेशले धरौटीमा रिहा गर्न भनेको हो ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करीको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
यसअघि महरालाई उच्च अदालत पाटनले सोही प्रकरणमा धरौटीमा छाड्न आदेश दिएको थियो