काठमाडौं । प्रतिनिधि सभा बैठकको सांसद र सभामुखबिचको दूरी बढाईएको छ। प्रधानमन्त्री बालेन शाहले आइतबार नेपाल–भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि सभामुख र सांसदहरूबिचको दूरी बढाइएको हो।
हिजोको बैठकमा सभामुखले अवरोधबिच प्रतिनिधि सभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरू रोष्ट्रममै पुगेका थिए।
उनीहरूले सभामुखकै आसनमा पुगेर विरोध गरेका थिए। विपक्षीहरूले विरोधका क्रममा कुर्सी उचाल्नेदेखि सभामुखको कुर्सीसम्म पुग्ने गरेपछि ग्याप बढाइएको हो।