काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा बैठकमा पहिलो पटक उभिएर बोलेका छन् ।
आइतबार आकस्मिक रूपमा बैठकमा पुगेका उनले सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर सांसदहरूका विभिन्न प्रश्नको जवाफ दिएका हुन् ।
सदनमा बोल्दै प्रधानमन्त्री शाहले सबै आयोगका प्रतिवेदन एकमुस्ट अध्ययन गरेर आवश्यक कारबाही गर्ने बचन दिए ।
यस्तै लिपुलेक र लिम्पियाधुरा विषयमा कूटनीतिक नोट पठाइएको छ। भारतबाट जवाफ पनि आएको छ । भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ । सीमा विवादबारे इङल्यान्ड सरकारसँग पनि कुरा भईरहेको बताए ।
प्रधानमन्त्री शाहले सुकुम्वासी समस्याबारे ३५ वर्षदेखि समाधान नभएको समस्या ३५ मिनेटमा समाधान खोज्न नहुने बताए । यस्तै सरकारको ध्यान आत्मविश्वास बढाउनेसँगै पैसा बढाउनेमा छ, देशलाई पहिले पैसा चाहिने बताउँदै समाजवाद र साम्यवादको भाषण गर्न सजिलो भएको टिप्पणी गर्दै काठमाडौं महानगरमा हुँदा शिक्षा र स्वास्थ्यमा उदाहरणीय काम गरेको जिकिर गरे ।
बिजुली र विद्युतीय चुल्होबारे सबैले विद्युतीय चुल्हो प्रयोग गरे भने ट्रान्सफर्मर पड्किने अवस्था आउन सक्छ । बिजुलीमा लाग्ने ५ प्रतिशत भ्याट ट्रान्सफर्मर फेर्न उपयोग गरिने बताए ।
विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार दिने विषयमा अध्ययन गरिने बताए ।