काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह अकस्मात भए पनि प्रश्नोत्तरका लागि तयार हुनु सकारात्मक भएको प्रतिक्रिया दिएको छ।
कांग्रेसका तर्फबाट अर्जुन नरसिंह केसीले विकसित देशहरूमा पनि यस्ता अभ्यास हुने भएकाले यसलाई लोकतान्त्रिक प्रक्रियाको सकारात्मक पक्षका रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार प्रधानमन्त्री आफैँ संसदमा उभिएर प्रश्नोत्तरका लागि समय माग्नु नाटकीय भए पनि लोकतान्त्रिक अभ्यासको दृष्टिले सकारात्मक संकेत हो। तर उनले नियम, प्रक्रिया र पद्धतिको पालना अनिवार्य रहेको भन्दै प्रतिनिधिसभाको नियमावलीलाई बाइपास गर्न नहुने स्पष्ट पारे। केसीले संसद सञ्चालन विधि र स्थापित प्रक्रियालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।