काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन्। बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले बोल्ने समय माग्दै हात उठाएका थिए।
त्यसपछि उनी उठ्न खोजेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनलाई रोस्ट्रम प्रयोग गर्न अनुमति दिएका थिए। सभामुखबाट समय प्राप्त भएपछि प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आफू तयार रहेको बताएका छन्। यसअघि प्रधानमन्त्रीको संसद उपस्थितिबारे विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका थिए। तर आजको बैठकमा उनको उपस्थितिसँगै सांसदहरूले उठाएका विषयमा प्रत्यक्ष जवाफ दिने प्रक्रिया अघि बढेको छ।