काठमाडौँ। नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको कांग्रेसका सभापति गगनकुमार थापाले दिउँसो सवा १२ बजे केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ ।
महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने तथा थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।
थारु संघको यो पहिलो महाधिवेशनलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने अपेक्षा गरिएको छ।