काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
बजेटले रोजगारी सिर्जना गर्ने विषयलाई बेवास्ता गरेको भन्दै उनले सरकारमाथि कडा आलोचना गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष राईले सरकारी कर्मचारीको तलब वृद्धि गरिए पनि बेरोजगार युवाका लागि कुनै ठोस कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।
‘जागिर हुनेको त तलब बढ्यो, नहुनेको चाहिँ के बढ्यो ? जागिर माग्न आउनु है युवा हो। १२ लाखलाई जागिर दिने कुरा थियो, चुपचाप भन्दै गर्दा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
राईले न्यूनतम तलबसहित नयाँ रोजगारी सिर्जना नगरी सरकारी कर्मचारीको मात्र तलब बढाउने निर्णय स्वीकार्य नहुने चेतावनी दिएका छन्।