काठमाडौं । सरकारले आगामी एक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्रे गरिने जनाएको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक हजार किलोमिटर कालोपत्रे गरिने बताएका हुन्।
यससँगै पूर्वपश्चिम राजमार्गलाई पाँच वर्षमा चार लेनमा विस्तार गरिने भएको छ। यसका लागि ३७ अर्ब ४६ करोड रकम विनियोजन गरिएको छ।
त्यस्तै, हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लािग चार अर्ब ६५ करोड विनियोजन गरिएको छ।