काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट स्वीकृत गर्न आज अपराह्न २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकले बजेटलाई अन्तिम स्वीकृति दिएपछि मात्रै संसद्मा पेश गरिनेछ । आजै अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सरकारले बजेट पारित गर्ने तयारीसँगै आजको मन्त्रिपरिषद् बैठकलाई महत्वपूर्ण मानिएको छ ।