काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले “शैक्षिक परामर्श क्षेत्रको नियमन र सुरक्षा: कानुनी प्रक्रिया र संस्थागत सहकार्य” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।
इक्यानले एक सूचना जारी गर्दै बुधबार (आज) दिउँसो साढे २ बजे काठमाडौंको आरन्य बुटिक होटलमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको इक्यानका महासचिव भवनाथ हुमागाईले जानकारी दिए ।
कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रको नियमन, सुरक्षा, कानुनी प्रक्रिया तथा संस्थागत सहकार्यका विषयमा छलफल हुने बताइएको छ। उक्त कार्यक्रम सहभागी हुन समेत इक्यानले अनुरोध गरेको छ ।
