काठमाडौँ । सांसद सुहाङ नेम्वाङले नेपालको चिया क्षेत्र ग्रामीण अर्थतन्त्र, रोजगारी र निर्यातसँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वि.सं. १९२० मा इलामबाट सुरु भएको चिया खेती आज देशको आर्थिक आधार र अन्तर्राष्ट्रिय पहिचानको महत्वपूर्ण हिस्सा बनेको उल्लेख गरे । उनका अनुसार १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिकको जीविकोपार्जन चिया उद्योगसँग प्रत्यक्ष रूपमा जोडिएको छ । आर्थिक वर्ष २०८१–८२ मा मात्रै करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको पनि उनले जानकारी दिए ।