काठमाडौँ । सांसद निस्कल राईले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति आपत्ति जनाएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थिति आवश्यक भए पनि लगातार अनुपस्थित रहेको बताए । उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने समयमा समेत प्रधानमन्त्री सदनमा नदेखिएको उल्लेख गरे । सांसद राईले संसदको गरिमा र प्रतिष्ठा कायम राख्ने जिम्मेवारी सभामुखको भएको भन्दै सभामुखले प्रभावकारी भूमिका निर्वाह गर्न नसके संसदको गरिमा कमजोर हुने धारणा राखे । उनले सभामुखमार्फत तत्काल प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन आग्रह समेत गरे ।