काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।
पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।