काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी बस्ती हटाउन सरकारले अपनाएको शैलीलाई पञ्चायती निरंकुशताको संज्ञा दिएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले वर्तमान सरकार र विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का निर्णयहरू गरिब र सुकुम्वासी विरोधी रहेको टिप्पणी गरे ।
प्रचण्डले सरकारले सुकुम्वासीका घरटहरा भत्काउन डोजर चलाउनु पञ्चायत कालमा हात्ती लगाएर बस्ती भत्काउने दमनकारी परम्पराको झझल्को दिएको बताए । “गरिब र सुकुम्वासीका बस्ती हात्ती लगाएर भत्काउने पञ्चायती परम्परालाई पछ्याउन खोजेको त होइन भन्ने प्रश्न उठेको छ,“ उनले भने
संयोजक प्रचण्डले गरिब र सुकुम्वासीलाई विकासको बाधक ठान्ने गलत धारणा त्याग्न सरकारलाई आग्रह गरे । संविधानमा मौलिक हकका रूपमा ’आवासको हक’ राखिएको स्मरण गराउँदै उनले उनीहरूको उचित व्यवस्थापन गरेर मात्र विकास सम्भव हुने जिकिर गरे। उनले भने, “गरिबहरू विकासका बाधक होइनन्, उनीहरू समेतको व्यवस्थापनबाट मात्रै दिगो विकास गर्न सकिन्छ।“
सरकारको नीति तथा कार्यक्रममाथि प्रश्न उठाउँदै प्रचण्डले यसले संविधानको भावना र समावेशी प्रतिनिधित्वलाई बेवास्ता गरेको आरोप लगाए । नीति तथा कार्यक्रममा आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम र पिछडिएका क्षेत्रलाई उपेक्षा गरिएको उनको दाबी छ।
गणतन्त्र स्थापना गर्न र रास्वपालाई हालको स्थानसम्म पु¥याउन मुख्य भूमिका गरिब र निमुखा जनताकै रहेको भन्दै उनले उनीहरूलाई नजरअन्दाज गर्ने गल्ती नगर्न चेतावनी समेत दिए ।