काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू जीवनी नभई इतिहास लेख्न राजनीतिमा आएको बताएका छन् । सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने ‘जीवनी लेख्न होइन इतिहास लेख्ने ठाउँमा छौं । इतिहास लेख्ने नै हो, नयाँ अध्यायको शुरूआत गर्दैछौं ।’
जनताले दिएको जिम्मेवारी पूरा गर्न नसके आफूहरू नालायक बन्ने उनको भनाइ छ । देशमा परिवर्तनका लागि ऐतिहासिक जनमत प्राप्त गरेको बताउँदै उनले मन्त्री र संसदीय समितिको सभापतिभन्दा सांसदहरूको भूमिका बढी रहेको बताए । उनले सांसदहरुलाई आफ्नो कर्तव्य पूरा गर्ने गरी काम गर्न निर्देशन समेत दिए ।