काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी नेता भानुभक्त जोशीलाई दिएको छ । नेता भीम रावलले प्रदेश इन्चार्जको जिम्मेवारी लिन अस्वीकार गरेपछि जोशीलाई इन्चार्ज तोकिएको छ । जोशीलाई यसअघि प्रदेश सहइञ्चार्ज थिए ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशन (अपानी) मा सुदूरपश्चिमको इन्चार्ज जोशी र सहइञ्चार्ज खगराज भट्टलाई तोकिएको छ । यसअघि प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।