काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट अलगिएका छन्। भट्टराई प्रलोपा संरक्षक थिए। भट्टराईले आफू कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रहन चाहेको कुरा प्रलोपालाई जानकारी गराएका थिए।त्यसअनुसार पार्टीले 'वैक्तिक छनोटलाई उच्च सम्मान गर्दै भट्टराईलाई शुभकामना दिने निर्णय'गरेको छ।
साथै प्रलोपाले अध्यक्ष परिषद सदस्य सुदन किरातीलाई पनि शुभकामना दिएको छ। किराती आज श्रम संस्कृति पार्टी प्रवेश गरेका छन्।प्रलोपाले महाधिवेशन समग्र योजना निर्माण र कार्यान्वयन गर्न छिट्टै सचिवालय बैठक आयोजना गर्ने निर्णय भएको अध्यक्ष सन्तोष परियारको भनाइ छ। परियारकै नेतृत्वमा प्रलोपाले महाधिवेशन गर्नेछ।

