काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई सचेतकमा आज मनोनयन गरेका हुन् ।
झापा, मेचीनगर नगरपालिका(१२ की रोशनी कोशी प्रदेशबाट महिला कोटामा निर्वाचित राष्ट्रिय सभा सांसद हुन् ।अब राष्ट्रिय सभामा एमाले संसदीय दलको समन्वय तथा दलगत गतिविधि व्यवस्थापनसम्बन्धी जिम्मेवारी मेचेले सम्हाल्नेछिन्।