काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ ।
उनीहरुबीच सुदन किरातीलाई पार्टीको वरिष्ठ नेता बनाउने सहमति भएको बुझिएको छ ।
एकताबारे आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराइने सुदनका सहयोगी हेमन्त किराँतीले जानकारी दिए ।