काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति को बैठक आज बस्ने तय भएको छ। उक्त बैठक दिउँसो १ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा आयोजना गरिनेछ।
बैठकमा समितिको कार्यक्षेत्र, आगामी कार्ययोजना तथा अन्य समसामयिक विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ।