काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार आगामी सोमबार दिउँसो १४ः०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अधिवेशन सुरु हुनेछ। सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने समय नजिकिँदै गर्दा राष्ट्रपतिबाट संसदको बजेट अधिवेशन आह्वान भएको हो।
