काठमडौँ। हर्क साम्पाङ राईले थापाथलीस्थित सुकुम्बासी बस्तीको अवस्थाको अवलोकन गरेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद रहेका साम्पाङ सोमबार बस्ती खाली गरिएको क्षेत्र पुगेर विस्थापित परिवारहरूको अवस्था प्रत्यक्ष रूपमा बुझेका हुन् । उनले त्यहाँका प्रभावित परिवारसँग भेट गर्दै उनीहरूले भोगिरहेको समस्या र कठिनाइबारे जानकारी लिएका थिए । अवलोकनका क्रममा साम्पाङले बस्तीमा रहेका नागरिकको आवासीय अवस्था र व्यवस्थापनबारे चासो व्यक्त गरेको जनाइएको छ