काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा आयोजना गरिने जनाइएको छ । बैठकमा नेता पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरूसँग भएको छलफल तथा सम्वादका विषयमा समीक्षा र थप छलफल हुने बताइएको छ ।