काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले कानुन लत्त्याएर अध्यादेशबाट शासन गर्न खोज्नु विद्यामान संसदीय प्रणालीको विपरित भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले छिटोको नाममा प्रचलित कानुन, विधि, प्रणाली र प्रक्रिया मिच्नु दीर्घकालीन रूपमा प्रत्युत्पादक बन्ने बताएका छन् ।
अहिले संसदमा झन्डै दुई तिहाइ बहुमत भएको सरकारले विगतको उक्त कार्यलाई नै पछ्याएको बताए। यस्तो सम्भावनालाई समाप्त पारेर धमाधम अध्यादेशबाट कानुन ल्याएर शासन गर्न खोज्नु विद्यमान संविधानका मान्यता विपरीत हुने उनले बताए ।
