काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १०० रुपैयाँ माथिका वस्तुमा भन्सार लिने नीति तत्काल खारेज गर्न माग गरेका छन् । संघीय सरकारको यस नीतिले सीमावर्ती क्षेत्रका नागरिक पीडामा रहेको भन्दै सामाजिक संञ्जालमार्फत उनले १०० रुपैयाँमाथिका वस्तुमा भन्सार लगाउने नीति हटाउन माग गरेका हुन् ।
सरकारको यो आदेशले सीमा क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको उनको भनाइ छ । सरकारको नीतिले नागरिक त्रासका साथ सीमा पार गर्नुपर्ने अवस्था आएकाले यो नीति खारेज हुनुपर्ने उनको माग छ । सरकारको नीतिले मधेसका हरेक भान्सामा अवरोध खडा गरेको थापाको भनाइ छ । यसको मार महिला, विद्यार्थी, किसान र श्रमिक वर्गमाथि परेको उनले उल्लेख गरेका छन् ।