काठमाडौं । विपक्षी दलहरूले सरकारलाई अध्यादेश फिर्ता गर्न आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश फिर्ता गरी तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय पनि गरेको छ ।
सरकारले सिफारिस गरेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । बैठकमा कांग्रेस, एमाले, नेकपा, राप्रपाका सांसद उपस्थित थिए । श्रम संस्कृति पार्टीलाई बोलाइए पनि व्यस्त भएको भन्दै उक्त दलका सांसद उपस्थित भएनन् । सरकारले संवैधानिक परिषद् र सरहकारीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । त्यसप्रति विपक्षी दलले विरोध गरेका हुन् ।
