काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी बिरामी परेपछि अस्पताल भर्ना भएकी छन्। शरीरमा चिनीको मात्रा (सुगर लेभल) कम भएपछि उनलाई ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको हो।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार उपसभामुखको स्वास्थ्यमा समस्या देखिएपछि तत्काल अस्पताल पु¥याइएको थियो। “उहाँको शरीरमा सुगर कम भएछ। अहिले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ,“ सांसद राईले जानकारी दिए।
उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएपछि उनी सम्बद्ध श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी हुन सकेको छैन। सांसद राईले उपसभामुखको उपचारमा व्यस्त हुनुपरेका कारण आफूहरू बैठकमा जान नसकेको बताएका छन्। उपसभामुखको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र उपचार जारी रहेको बुझिएको छ