काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् ।
उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् ।
यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।