काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफल (पार्टी सभापतिसमेत) हुने भएकाले काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ ।