काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक आज बस्ने भएको छ ।
समिति सभाहलमा हुने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वर्तमान अवस्था, देखिएका समस्या, चुनौती तथा आगामी कार्ययोजनाबारे छलफल गरिने कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजे सुरु हुने जनाइएको छ ।