काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्। उनले आफूसँग परामर्श नगरी उक्त जिम्मेवारी दिइएको पनि उल्लेख गरेका छन्।
नेकपाले सोमबार सुदूरपश्चिम इन्चार्जमा भीम रावल र सहइन्चार्ज भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, खगराज भट्टलाई चयन गरेको थियो। साथै सुदूरपश्चिम प्रदेश संयोजक हरिराम चौधरी र सहसंयोजक लालबहादुर खड्का चयन भएका थिए।