काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले नेता प्रकाशबहादुर बुढाथोकी (प्रकाश ज्वाला) लाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ । पूर्वपदाधिकारी सम्मिलित कार्यसंयोजन समितिको पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडा जारी बैठकले ज्वालालाई प्रवक्ताको जिम्मेवारी लिन लागेको एक नेताले जानकारी दिए ।
बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको नेताहरुको कार्यविभाजनमा ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिने उल्लेख छ । नेकपाको प्रवक्तामा यसअघि पूर्वसभामुख अग्निप्रसाद सापकोटा थिए । तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बन्नुअघि ज्वाला समाजवदाीका उपाध्यक्ष थिए ।