काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। नियमित कार्यसूचीका साथै सरकारका पछिल्ला कदम र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने बुझिएको छ।
स्रोतका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जारी सुकुमवासी बस्ती हटाउने र व्यवस्थापन गर्ने सरकारी अभियानका सन्दर्भमा पनि आजको बैठकमा विशेष छलफल हुन सक्ने सम्भावना छ। पछिल्लो समय नदी किनारका अव्यवस्थित बस्तीहरू हटाउने कार्यले निरन्तरता पाइरहेको सन्दर्भमा यसको दिगो व्यवस्थापन र भावी रणनीतिका बारेमा मन्त्रिपरिषद्मा विमर्श हुन सक्ने श्रोतले बताएको छ।