काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफू निर्वाचन नलड्ने बताएका छन् । उनले सहमतिमा नेता बनाउने भए वरिष्ठ र अनुभवका आधारमा दाबी राखेको तर, निर्वाचन भने नलड्ने बताएका हुन् ।
उनले आफ्नो कारणले दलको नेता चयन गर्न ढिलाइ भएको भनेर बाहिर आएको समाचारमा गुनासो पोखे । उनले दलको नेतामा सहमति गर्दा निश्चित मापदण्ड बनाएर गर्न पनि नेतृत्वलाई आग्रह गरेका छन् । आफूले कर्णालीको महिला, युवा र प्रत्यक्ष निर्वाचित महिला वासना थापालाई दलको नेता बनाउने भए आफू प्रस्तावक बस्न तयार रहेको पनि केसीले बताए ।