काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुकुमबासी बस्ती हटाइएको विषयमा कडा असन्तुष्टि जनाएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्। सुकुमबासीमाथि बल प्रयोग गरिएको भन्दै उनले सरकारको कदमप्रति प्रश्न उठाएका छन्।
उनले ठूलो संख्यामा प्रहरी परिचालन गरेर गरीब सुकुमबासीलाई हटाइएको उल्लेख गर्दै सीमावर्ती क्षेत्र लिपुलेक र महाकालीमा सरकारले कस्तो तयारी गरेको छ भनी प्रश्न गरेका छन्। साम्पाङले बस्ती हटाइएपछि धेरै नागरिक सडकमा रात बिताउन बाध्य भएको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। साथै उनले रवि लामिछानेलाई सम्बोधन गर्दै सरकारको पछिल्लो कदमबारे जवाफ दिन माग गरेका छन्। यससँगै उनले संसद् छिटो सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।