काठमाडौँ । पाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजे बस्ने गरी तय गरिएको हो।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने तयारी गरिएको छ। सो प्रस्तावमार्फत सहमतिका आधारमा संसदीय दलको नेताको नाम टुंग्याउने योजना रहेको जनाइएको छ। कार्यसम्पादन समितिको बैठकपछि भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बस्ने गरी बोलाइएको छ।